नेसनल लघुवित्तको लाभांश घोषणा

काठमाडौं । नेसनल लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुल १५% लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७.५% बोनस सेयर र ७.५% नगद गरी कुल १५% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नेसनलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । अल्घिल्लो वर्ष २०७८–७९ को नाफाबाट भने यसले १५% बोनस सेयर दिएको थियो ।