गतिशिल सहकार्यले बन्यो आइ एम द सुपरस्टार
काठमाडौं । गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइ एम द सुपरस्टार सार्वजनिक गरेकी छन् ।
गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द र संगीत दिँदा गिरिश र ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन् ।
मुम्बईमा कहलिएका निर्देशक विशाल खरातको निर्देशन रहेको भिडियोमा उनले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । छायाँकार आलोक शुक्लाले दृश्यलाई उत्कृष्ट रुपले खिच्दा त्यसको काँटछाटमा विशालले आफ्नो कला देखाएका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन मेनेज गरेको भिडियोको ग्रेडिङ सीएएच४ स्टुडियोले गरेको छ ।
गीतमा निर्माण डिजाइन, प्रकाश र मेकअपमा क्रमशः इश्वर बल्लभ उप्रेती, इन्द्रलाल श्रेष्ठ, विना पाण्डे तथा कोरियोग्राफर प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीलगायतको सहकार्य छ । सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् ।
गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन् ।