शिक्षा क्षेत्रको डिजिटलाइजेसन र प्रभावकारी पठनपाठनका लागि स्मार्ट बोर्ड अपरिहार्य
मुरारी मोहन झा
प्रवन्ध निर्देशक, एस–पावर बीपीई प्रालि
२१ वर्ष अगाडि स्थापना भएको एस–पावर बीपीई प्रालिले शूरुमा यूपीएस, इन्भर्टरलगायतका पावर ब्याकअपको विक्री गर्दै व्यवसाय शुरु गरेको थियो । यसले विगत १४ वर्षदेखि एजुकेसन इक्युपमेण्टको क्षेत्रमा पनि आफुलाई केन्द्रित गर्दै आइरहेको छ । क्यान इन्फोटेकमा विधार्थीको पठनपाठन लाई डिजिटलाइजेसन गर्ने उदेश्यले स्मार्ट बोर्डको ब्राण्डिङलाई प्राथमिकतामा राखेको छ । एस–पावर ‘बीपीई’ ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता हो । यसले वाटर पम्पको विक्री पनि गर्छ । नेपाल बढ्दै गइरहेको डिजिटलाइजेसनको बजार, नजिकिँदै गरेको क्यान इन्फोटेक, ‘बीपीई’ ब्राण्डका प्रडक्टलगायतका विषयमा आर्थिक पाटीका लागि मदन लामिछानेले एस–पावर बीपीई प्रालिका प्रवन्ध निर्देशक मुरारी मोहन झासँग गरेको कुराकानी׃
क्यान इन्फोटेक मेलामा ‘मुख्य प्रायोजक’ हुनुहुन्छ, यस मेलामा सक्रिय सहभागिताले के के फाइदा हुन्छ ?
हामी क्यान इन्फोटेकमा आवद्व हुनुको प्रमुख दुई वटा कारणहरु छन् । पहिलो हाम्रो प्रडक्टको बारेमा धरै भन्दा धेरै मानिसहरु लाई जानकारी होस् भनेर हो । दोस्रो एस पावर कै प्रडक्ट किन रोज्ने त भन्ने जानकारी दिन पनि हो । एस पावर भन्ने बित्तिकै जसरी पहिला मानिसहरुले पावर ब्याकअप बुझथे, त्यसरी नै अब पावर ब्याकअपका साथै स्मार्ट बोर्ड विक्री गर्छ भनेर क्यान इन्फोटक पछि सबैले बुझ्ने छन् । स्मार्ट बोर्ड हाम्रो नयाँ प्रडक्ट त हैन तर यो मेलाबाट एस पावर भनेको स्मार्ट बोर्ड विक्री गर्ने कम्पनी हो भन्ने धेरैले थाहा पाउने छन् । पछिल्लो समय यूपीएस, इन्भर्टरको व्यवसायमा कमि आए पछि कम्पनीले डिजिटल क्लास रुम तथा मिटिङ हलका लागि स्मार्ट बोर्डको विक्रीलाई प्राथमिकतामा राखेको छ । बिस्तारै सरकारले पनि यसमा अनुदान दिन शुरु गरेको छ । स्कुल, कलेजमा पढाउन सजिलो र प्रभावकारी हुने भएकोले यसको माग बढदै गइरहेको छ । शिक्षा क्षेत्रमा डिजिटलाइजेसन गरी प्रभावकारी पठनपाठन लाई सहयोग पुर्याउन हामीले पनि केहि योगदान दिर्नु पर्छ भनेर स्मार्ट वोर्डको व्यवसाय लाई प्राथमिकता दिएका हौं ।
स्मार्ट वोर्ड के हो ? यसको प्रयोगले के के फाइदा हुन्छ ?
स्मार्ट वोर्ड मुख्यरुपमा स्कुल, कलेजका लागि ल्याइएको हो । स्कुल, कलेजमा पढाउन सजिलो र प्रभावकारी होस् भनेर हामीले यसलाई प्राथमिकता दिएका हौं । यसमा एन्ड्रोइड सिस्टम छ र यसबाट कम्प्यूटरको कामदेखि सोसलमिडियासम्म सबै चलाउन सकिन्छ ।
यो प्रडक्ट लिएका के फाइदा हुन्छ त ? जस्तै׃ हामीले आफ्नै तथा नजिकका आफन्तका छोराछोरीको पढाई लाई नजिकबाट नियाली रहेका हुन्छौ । कुनै बच्चाले क्लास रुममा पढाएको कुरा एकै पटकमा सबै बुझि सकेको हुन्छ तर वाँकी धेरै विधार्थीहरुले बुझिरहेका हुदैनन् । तपाई सिनेमा हलमा सबै बच्चाहरु लाई लिएर जानुस, करीव सबै बच्चाहरु लाई सिनेमाको सबै सिनको बारेमा याद हुन्छ, अझ कति लाई त डाइलगसम्म याद हुन्छ । तर स्कुलमा पढाइएका कुरा याद गर्न सकिरहेका हुदैनन् । स्मार्ट क्लास रुम भनेको सिनेमा हल जस्तै हो । यहाँ कलम, कापी चलाउन पर्दैन । यहाँ विधार्थीले सरले पढाएका कुरा टिप्ने, छलफल गर्ने हो । यहाँ सरले बोर्डमा लेखेर पढाएको कुरा तुरुन्तै सार्न आवस्यक पर्दैन । पहिले के हुन्थ्यो सरले पढाएको कुरा हतारमा सार्न लाग्दा सरले भनेको कुरामा ध्यान जान पाउदैनथ्यो । जसले गर्दा विधार्थी फेल हुने, नबुझ्ने समस्या हुन्थ्यो । स्मार्ट क्लासमा सरको कुरा सुन्ने, छलफल गर्ने हो र अन्तमा सरले स्मार्ट बोर्डमा पढाएका कुरा सबै सेभ गरेर इमेल, ह्वाटसएपलगाएका माध्यमबाट सबै लाई पठाइ दिन्छन् । घरमा गएर सरले पठाएको नोट हेर्दा विधार्थीले क्लासमा पढेका सबै कुरा सजिलै बुझन सक्छन ।
स्मार्ट क्लामा विधार्थीको पूरै ध्यान ह्वाइटवोर्ड र सरले पढाएका कुरामा हुने भएकोले नबुझेको कुरामा तुरुन्तै छलफल गर्छन । बच्चाहरु सिनेमा हलमा कति सान्त सँग बसेर फिल्म हेर्छन, त्यस्तै स्मार्ट क्लासमा पनि ध्यान दिएर सरले पढाएको कुरा सुन्छन । स्मार्ट क्लासमा बच्चा छिर्ने वित्तिकै जो बच्चा दोस्रो भइरहेको थियो, त्यो पहिलो हुन्छ, जो पहिलो हुन्थ्यो त्यो टपर हुन्छ ।
बजारमा बिभिन्न कम्पनीका प्रडक्टहरु छन् । ग्राहकले किन एस पावर कम्पनीकै रोज्ने ?
एस पावर २१ वर्ष पुरानो कम्पनी हो । एस पावरलाई पावर ब्याकअप इक्युपमेण्टका रुपमा त सबैले चिन्दै आउनु भएकै छ । साथै हामीले विगत १४ वर्षदेखि एजुकेसन इक्युपमेण्टको क्षेत्रमा पनि काम गर्दै आइरहेका छौ । एस पावर इटालिएन कम्पनी हो । यो ३५ वर्ष पुरानो कम्पनी हो । यसले एजुकेशन फिल्डमै ३५ वर्षदेखि काम गर्दै आइरहेको छ । बजारमा अस्वस्थ्य प्रतिस्पर्धा पनि भइरहेको छ । चाइनामा गएर कम मूल्यका कमसल प्रडक्टहरु ल्याएर पनि विक्री भइरहेको छ । यसमा उपभोक्ताहरु सचेत भएर प्रडक्टको बारेमा राम्रोसँग जानकारी लिएर मात्रै खरीद गर्नु पर्छ ।
एस पावरले ‘रिसर्च एण्ड इनोभेसन’मा धेरै पैसा खर्च गर्छ । यसले बिश्वकै अत्याधुनिक प्रविधियूक्त प्रडक्ट बजारमा ल्याइरहेको हुन्छ । एन्ड्रोइडमा भर्जन, रोमहरु प्रिवर्तन भइरहेको हुन्छ, यसलाई नेपालमा हामीले नै सबैभन्दा पहिले भित्राउछौ ।
स्मार्ट बोर्ड जडान गर्दा कति खर्च लाग्छ ?
शुरु शुरुमा नयाँ टेक्नोलोजी आँउदा त्यसको मूल्य धेरै हुन्छ । त्यसैले हामीले मूल्यका कारणले सोचे जसरी विक्री गर्न सकेनौ । टेक्नोलोजि जति पुरानो हुँदै जान्छ, त्यो सस्तो पनि हुँदै जान्छ । पहिले ५ लाख रुपैयाँ पर्ने स्मार्ट बोर्डको मूल्य अहिले लाखमा झरि सकेको छ । ६५ र ७५ इन्चको स्मार्ट बोर्डको मूल्य १ लाख ९० हजारदेखि २ लाख २० हजार रुपैयाँसम्म पर्छ । क्यान इन्फेटेकमा यो मूल्य केहि घटेर आउँछ र एजुकेशनल सफ्टवयर पनि फ्रिमा दिन्छौ । एस पावरले ल्याएको स्मार्ट बोर्डको एलईडी लाइटको क्षमता ७० हजार घण्टाको छ ।
विक्री पछिको सेवाका बारेमा बताई दिनुहोस न ?
एस पावरले विक्री पछिको सेवालाई प्राथमिकतामा राखेको छ । हामीले देशभर रहेका एक हजारभन्दा धेरै डिलरहरु मार्फत उपभोक्ताहरु लाई विक्री पछिको सेवा दिइ रहेका छौ । देशभर हजारौ हस्पिटल, करीव ४ सय एफएम स्टेसन तथा थुप्रै सिनेमा हल, सपिङ मल, बैंक, आईएनजीओमा हाम्रो यूपीएस, इन्भर्टर चलिरहेको छ । हामीले कुनै प्रडक्ट किन्यौ भने एक वर्षको वारेण्टीले मात्रै पैसा असुल हुन्छ त ? २० प्रतिशतका हिसावले मूल्य कट्टा गर्दै जाने हो भने पनि ५ वर्षमा मात्रै मूल्य असुल हुन्छ । त्यै पनि नेपाली समाजमा ८⁄१० वर्ष चलायो भने मात्रै मूल्य असुल हुन्छ । एस पावरका प्रडक्टहरु ८⁄१० वर्षसम्म तपाइले ढुक्क सँग चलाउन सक्नु हुन्छ । अर्को कुरा एस पावरको प्रडक्ट रुचाउनुको कारण गुणस्तर हो ।
क्यान इन्फोटेकमा के के सामानहरु प्रदर्शनीमा राख्नु हुन्छ ? ग्राहकलाई के कस्तो छुटको अफर ल्याउदै हुनुहुन्छ ?
क्यान इन्फोटकमा हामीले हाम्रा प्रडक्टहरुमा २० प्रतिशतसम्मको छुटको ब्यवस्था गरेका छौ । स्मार्ट बोर्डमा भने मेला अवधिमा जति बुकिङ हुन्छ, त्यसको सफ्टवेयर फ्रि दिनेछौं । यसपाली हामीले ठुला ठुला इण्डष्ट्रिका लागि चाहिने यूपीएसहरु प्रदर्शनीमा राख्ने छौ । यसबाट एस पावरमा सानादेखि ठुला सबै प्रडक्टको स्टक हुन्छ भन्ने सन्देश जानेछ । कतिपय कम्पनीले एडभानस रकम लिएर मात्रै ठुला प्रडक्ट मगाउने गरेका छन् । जसले गर्दा ग्राहकहरुले सामान पाउन लामो समय प्रतिक्षा गर्नु पर्छ ।
स्मार्ट बोर्डको आयातमा के कस्ता समस्याहरु देखिएका छन् ?
पहिले प्रोजेक्टरका माध्यमले ह्वाइट बोर्डमा टच गराएर विधार्थी लाई देखाइन्थ्यो । यस लाई इन्टेक्टिभ ह्वाइट बोर्ड भनिन्थ्यो । यसमा कम्प्यूटर, प्रोजेक्टर र ह्वाइट बोर्ड छुट्टा छुट्टै राख्नु पथ्र्यो । अहिले यो हेर्दा टीभी जस्तो देखिन्छ । यसमा एन्ड्रोइड, गुगल, विन्डोज सबै चल्छ । बजारमा एन्ड्रोइड टीभी आएको छ । सरकारले स्मार्ट बोर्ड लाई पनि टीभी नै हो भनेर टीभीको भन्सार लगाएको छ । शैक्षिक सामाग्रिमा त भन्सार नलाग्नु पर्ने हो । पहिले यसमा ४५ प्रतिशत भन्सार थियो । अहिले घटाएर ३० प्रतिशतमा झारेको छ । तर सरकारले बुझेर वा बुझन नचाहेर यसमा भन्सार लगाइ रहेको छ र त्यसको मार शैक्षिक क्षेत्रले ब्यर्होनु परेको छ ।
स्मार्ट बोर्डले कसरी काम गर्छ ? यसबाट के के गर्न सकिन्छ ?
४०⁄४५ जना विधार्थी भएको कक्षा कोठामा ७५ इन्चको स्मार्ट बोर्ड ठिक्क हुन्छ । यसमा २० वाटको स्पीकर २ वटा लागेको हुन्छ । भिडियो बजाउँदा, वेव क्यामराबाट आफु लाई देखाएर पढाउदा स्पीकरको आवस्यकता पर्छ । स्मार्ट बोर्डमा ड्वयल अपरेटिङ सिस्टम हुन्छ । यसमा एन्ड्रोइड र वीन्डोज सिस्टम हुन्छ । यसमा सीपीओ (सेन्ट्रल प्रोसेस युनिट) नलगाउन पनि सकिन्छ । यसमा लाग्ने सीपीओ लाई ओपीएस भनिन्छ । यो कम्प्यूटर सेटभन्दा पनि सानो हुन्छ । यसमा तारहरु जोडन पर्दैन । त्यसमा भएको प्लगहरुमा जोडेर यसलाई राखिन्छ । मानौ तपाइले अहिले आई ५ जेनेरेसनको सीपीओ राख्नु भएको छ, त्यसलाई आई ७ बनाउन मन लाग्यो भने त्यो निकालेर आई ७ को राख्न सक्नु हुन्छ । त्यस्तै तपाई सँग भएको कम्प्यूटर, ल्यापटप जोडेर पनि यसको कम्प्यूटरको भाग चलाउन सकिन्छ । पढाउनका लागि यसको एन्ड्रोइड पोर्सनमा एउटा ह्वाइट बोर्ड सफ्टवयर हुन्छ । यो टच गर्ने बित्तिकै स्क्रिन खुल्छ । यसमा कलम, कलरहरु छान्न मिल्छ । यसमा लेख्न, मेट्न मिल्नुकासाथै गणित पढाउँदा चाहिने स्केललगाएतका सामाग्रि, पेन्ट ब्रसहरु पनि यसमा हुन्छ । यदि कुनै चिज छैन भने त्यसलाई प्ले स्टोरबाट डाउनलोड गरेर यसमा राख्न सकिन्छ ।
यसको अर्को फइदा भनेको तपाई लाई कुनै तस्विर देखाएर पढाउन परेको छ भने गुगलबाट त्यो तस्बिर निकालेर ह्वाइट बोर्डमा राखेर पढाउन सकिन्छ । यसबाट समयको बचत पनि हुन्छ । पहिले हामीले बोर्डमा लेखेको कुरा मेटदै थप कुराहरु लेख्थ्यौ । यसमा लाखौं नयाँ पेजहरु खेल्न सकिने भएकाले मेट्नु पर्ने आवस्यकता पर्दैन । लेखेको पेजहरु ऋटोमेटिक सेभ पनि हुँदै जान्छ । कहिले काँही विधार्थीले ३⁄४ पाना अगाडि पढेको कुरा सोध्छन् । त्यसको लागि अगाडिको पेजमा गएर विधार्थी लाई बुझाउन सकिन्छ । फेरी लेखिरहनु पर्दैन, यसबाट समयको पनि बचत हुन्छ ।
स्मार्ट बोर्डबाट पढाउँदा विधार्थी तथा शिक्षकलाई के के फाइदा हुन्छ ?
शिक्षकले ह्वाइट बोर्डमा पढाएका कुराहरु सबै जिमेल, पेन ड्राइभ वा गुगलमा सेभ गरेर राख्नु पर्छ । आगामि वर्ष पढाउदा फेरी सबै कुरा लेखि राख्नु पर्दैन । जिमेल वा पेन ड्राइभबाट गतवर्ष लेखेको कुरा निकाल्ने र त्यसमा सिधै छलफल गर्न सकिन्छ । यसबाट लेख्ने समयको बचत हुनुका साथै बढिभन्दा बढि छलफल गरेर पढाएको बिषयबस्तु बुझ्न सकिन्छ । ह्वाइट बोर्डमा लेखेको कुरा प्रिन्सिपललाई पनि सीसी गरेर विधार्थी लाई पठाउदा यो एउटा रेकर्ड पनि रहने भयो । शिक्षकले पढाउदा कतै गल्ति गरेको रहेछ भने पनि त्यो हेरेर अरुले यस्तो हुनु पर्छ भनेर पनि भन्न पाउँछन् । शिक्षकले पनि त्यो नोट लाई सच्चाएर फेरि पढाउन पाउँछन् । लेखेर मेटदै पढाउदा त्यसको रेकर्ड हुँदैन, यदि कतै गल्ति भएको रहेछ भने पनि त्यो हेर्न र सच्चाउने मौका पाइदैन ।
विधार्थी कसैले छिटो बुझ्छन, कसैले ढिलो बुझ्छन्, कसैको हात ढिलो चल्छ । ढिलो वा चाँडो बुझ्ने क्षमता त सबै बच्चाको हुन्छ नी । कति बच्चाले स्कुलमा पढाएको नबुझ्ने तर मोबाइलमा हेरेरेको कुरा सबै बुझिरहेका हुन्छन् । स्मार्ट कक्षा पनि सिनेमा हेरे जस्तो हुने र यसमा सिक्षक तथा विधार्थी दुबैलाई लेख्न नपर्ने हुँदा कक्षा अवधिभर छलफल गरेर पढ्न पाइन्छ । शिक्षकले भोलीको लागि अघिल्लो दिन नै लेखेर राख्न सक्छन् । एउटा कक्षा कोठामा ४०⁄४५ जना विधार्थी हुन्छन्, लेख्न नपरे पछि शिक्षकले पनि धेरैभन्दा धेरै विधार्थी लाई सोध्न सक्छन् । नबुझेको कुरा फेरि सम्झाउन सक्छन् । यसमा हामीले एक वर्षको वारेण्टी दिएका छौ ।
तपाइहरुले विक्री गर्ने यूपीएस कस्ता कस्ता प्रकारका छन् ?
ठुला ठुला उद्योगहरुमा मेसिन चलिरहेको बेला बिजुली जाँदा मेसिनमा बनिरहेको सामान खेर जान्छ । यूपीएस राख्यो भने बत्ति गए पनि मेसिन चलिराख्छ र सामानहरु खेर जाँदैन । त्यस्तै हामीले एयर कन्डिसनरको लागि भोल्टेज स्टेप्लाइजर पनि ल्याएका छौ । कहिले काँही हाई भोल्टेज आएर सामानहरु बिग्रेको रेकर्ड धेरै छ । यसका साथै घरको लागि आवस्यक पर्ने मेन लाइन स्टेप्लाइजर पनि हामीले मेलामा पर्दशनीमा राख्छौ । घरमा राख्ने मेन लाइन स्टेप्लाइजर मिटर पछिको तारमा जोडिएको हुन्छ । यसको जडानले घरमा राखिएका सम्पुर्ण इलेक्ट्रोनीक सामानहरु लाई सुरक्षित राख्छ । उद्योग, हस्पिटललगाएतका ठाँउमा यस्तो स्टेप्लाइजर अनिवार्यरुपमा लगाइएको हुन्छ ।
एस पावरका पानी तान्ने पम्पका विशेषताहरुका बारेमा बताई दिनुहोस ?
एस पावरका पानी तान्ने पम्प पनि हामीले पर्दशनीमा राख्छौ । अन्य वाटर पम्पको तुलनामा एस पावरका वाटर पम्पमा २० प्रतिशतले आवाज कम आउँछ । त्यस्तै चाइनिज पम्पको तुलनामा ४० प्रतिशत बिजुली खपत कम गर्छ । भारतिय पम्पको तुलनामा २० प्रतिशत बिजुली खपत कम गर्छ । एस पावरको वाटर पम्पमा भएको क्वाइलमा प्योर कपर वायर हुन्छ । चाइनिज पम्पको क्वायलमा मिक्स अल्मुनियमको तार राखेको हुनाले बिजुली बढि तान्छ । यो मूल्यमा केहि सस्तो हुन्छ तर बिजुलीको बिल धेरै आउँछ । यसले २⁄४ महिनामा धेरै तान्ने बिजुलीको बिलले राम्रो वाटर पम्प किन्न सकिन्छ । एस पावरका पम्पमा एसकेएफ ब्राण्डका बेरि¨ प्रयोग गरिएको हुन्छ । लोकल बेरि¨ प्रयोग गरे पछि आवाज धेरै आउने र छिटो बिग्रने समस्या हुन्छ । हाम्रा पम्पमा गुनासो करीव सुन्य जस्तै छ । यो पम्पको अर्को विशेषता के छ भने पम्प चलाएर तपाइले बन्द गर्न बिर्सनु भयो भने यो हिट भए पछि आफै बन्द हुन्छ, जसले गर्दा क्वायल जल्न पाउँदैन । हामी घरको लागि भनेर ६ तल्लासम्मका वाटर पम्प बजारमा ल्याएर आएका छौ ।