सुनचाँदी व्यवसायीमाथि भएकाे गाेली प्रहार गरिएकाेमा नेपाल सुनचाँदी व्यवसायी महासंघकाे विराेध
काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको बर्दघाटमा सुनचाँदी व्यवसायीमाथि भएकाे गाेली प्रहार गरिएकाेमा नेपाल सुनचाँदी व्यवसायी महासंघले विराेध जनाएकाे छ ।
आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले यस्ता घटनाले आम सुनचाँदी ब्यवसायीलाई डर र त्रासको वातावरण बनाएकाे बताउँदै ब्यवसाय नै कसरी सञ्चालन गर्ने भन्ने प्रश्न उत्पन्न गराएको उल्लेख गरेकाे छ ।
शनिबार पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वार्ड नं ४ बस्ने ६५ वर्षिय सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मालाई बर्दघाट नगरपालिका वार्ड नं १६ स्थित केराबारी गाउँको नजिक चोरघोलामा अज्ञात ब्यक्तिले गोलि प्रहार गरी गम्भिर रुपमा घाइते बनाएको र धनमाल समेत लुटेर लगेका थिए ।
सुस्ता गाउँपालिका वार्ड नं १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा उनीमाथि गाेली प्रहार गरिएकेा थियाे ।
यसैगरी, शुक्रबार पनि अर्का सुनचाँदी व्यवसायीमाथि भएकाे लुटपाटकाे महासंघले विराेध गरेकाे छ । महालक्ष्मी गहना पसल इटहरी–९ दिपेन्द्र चोकमा माघ १९ गते, बिहान ११.१७ बजे रातो मोटरसाइकलमा आएका ब्यक्तिले ग्राहकजस्तो बनी चाेरी गरेका छन् ।पसलमा आएर सिक्री देखाउन लगाउँदै २ थान (२ तोला १२ आना) सुनको सिक्री हातमा लिई लगाउन लागे जस्तो गर्दै ती व्यक्ति फरार भएका थिए ।
महासंघले जारी गरेकाे विज्ञप्तीमा लेखिएकाे छ,”सुनचाँदी ब्यवसायी माथि भएको गोली प्रहार र लुटपाटका यस्ता घटना प्रति यस नेपाल सुनचाँदी ब्यवसायी महासंघको गंभिर ध्यानाकर्षण भएको छ । कुनै पनि पेशा ब्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न पाउनु आम नागरिकको नैसर्गिक अधिकार हो ।”
महासंघले राज्य र सुरक्षा निकायले यसप्रति गंभिरतापूर्वक ध्यान दिँदै सम्वन्धित अपराधीहरु यथाशिघ्र पक्राउ गरी सजाय दिन माग गरेकाे छ । यसैगरी, यस्ता घटना पुनः दोहोरिन नदिई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन समेत सरकार र सुरक्षा निकायसँग अपील गरेकाे छ ।