लक्ष्मी लघुवित्तले कमायो २ करोड १५ लाख रुपैयाँ खुद नाफा
काठमाडौं । चालु आर्थि वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तले २ करोड १५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी २ करोड ४० लाख ९ हजार रुपैयाँ नोक्सानमा थियो । यसअवधिमा सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढेको हो ।
सञ्चालन आम्दानी ३ करोड ४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले २ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको थियो । यता, खुद ब्याज आम्दानी भने १२.०२ प्रतिशतले घटेर १७ करोड ८९ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा छ । खराब कर्जा ९.६३ प्रतिशत छ ।