सुनको मुल्यमा वृद्धि, थप रेकर्ड ब्रेक गर्ने बिश्लेषकको प्रक्षेपण
काठमाडौं । याे साता सुन महंगिएकाे छ । साताभरजसाे नै सुनकाे भाउ बढेकाे छ। आईतबारकाे तुलनामा शुक्रबारसम्म सुन ताेलामा एक हजार ५०० रूपैयाँले वृद्धि भएकाे हाे ।
आईतबार प्रतिताेला एक लाख १८ हजार रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य साताको दाेश्राे दिन देखि साताको पछिल्लो कारोबार भएको दिनसम्म बढि नै रह्याे । सुनकाे मूल्य शुक्रबारसम्म बढेर प्रतिताेला एक लाख १९ हजार ५०० रूपैयाँ पुग्याे ।
नेपाली बजारमा यस साता चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताभरमा चाँदी ताेलामा १५ रूपैयाँले महंगिएकाे छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतिताेला एक हजार ४०० रुपैयाँ रहेको थियाे । त्यसपछि, चाँदीको मुल्य साेमबार र मंगलबार बढेकाे थियाे । मंगलबार प्रतिताेला एक हजार ४२० रुपैयाँ पुगेकाे चाँदीकाे भाउ बिहीबार घटेर प्रतिताेला एक हजार ४१० रूपैयाँमा झरेकाे थियाे । तर आज फेरि चाँदीकाे भाउ बढेर प्रतिताेला एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यो साता विश्व बजारमा सुनको मुल्यमा वृद्धि भएकाेले नेपाली सुन बजारमा सुन महंगिएकाे हाे । साताको पहिलो दिन देखि साता भर नै निरन्तर मुल्य बढेको छ । यो बर्ष मुल्यले थप नयाँ उचाई लिन सक्ने बिश्लेषकहरुको अनुमान छ ।
इजरायल र हमासबीच युद्धविराम हुने संकेतसँगै सुनकाे भाउ उच्च स्तरबाट केहि तल मात्र छ । सुरक्षित लगानी र बजारकाे बाहिरी शक्तिका कारण सुनकाे भाउ बढ्नुलाई बल मिलिरहेकाे छ । कमजाेर अमेरिकी डल र ट्रेजरी यिल्डकाे गिरावटलाई पनि कारण मानिएकाे छ ।
शुक्रबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक डलरले बढेर २ हजार ५५ डलर बराबरमा काराेबार भइरहेकाे छ । चाँदी भने सामान्य घटेर प्रतिअउन्स २३ डलरमा खरिदबिबक्री हुँदैछ ।