अरुण चौधरीलाई ४ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालासले चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा काठमाडौंको पक्राउ गरेको हो ।
जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।