भृकुटीमण्डपमा बिहीबारदेखि नवौँ ‘नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै
काठमाडौं । नेपाल बिल्डन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लिको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौं संस्करण माघ १८ गते देखि २१ गतेसम्म काठमाण्डौको भृकृटीमण्डपमा सञ्चालन हुनेछ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लिको संयुक्त आयोजनामा विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण व्यवसायसंग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउने उद्धेश्यले प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहनेछन् । निर्माण सम्बन्धी उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब–डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने, यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी आयोजना गरिदै आएको आयोजकले जनाएको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यतिm तथा दर्शकको उल्लेखनिय सहभागिता रहने बताइएको छ । साथै यस प्रदर्शनीमा टाईटल स्पोन्सर कजारिया टायल्स रहेको छ भने सह–प्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेका छन् ।
सहयोगी संस्थाहरु Society of Nepalese Architects (SONA), Interior Designers Association of Nepal (IDEA) तथा Confederation of Indian Industry (CII) रहेको यो प्रदर्शनी ४ दिनसम्म चल्नेछ । प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।