‘डाटा गोपनीयता दिवस’को अवसरमा एसबीआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा
काठमाडौं । नेपाल एसबीआई बैंकका कर्मचारीले बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुबारे अद्यावधिक रहने प्रतिज्ञा गरेका छन् । ‘डाटा गोपनीयता दिवस’को अवसरमा कर्मचारीले डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरु गोप्य राख्ने प्रतिज्ञा गरेका हुन् ।
बैंकका प्रबन्ध–निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डाका साथै अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराइएको हो ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, एक सय २१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।