लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट
काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम थप गरेर १४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । आइपीओ निष्कासनका लागि यस कम्पनीले नेपाल एसबीआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यसका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ ।
उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । लक्ष्मी टेक्नो प्लाष्टले सीपीभीसी/पीभीसी पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका सामानहरु उत्पादन गर्दै आएको छ ।