२२ ठेकेदार कम्पनी परे कालोसूचीमा, १ देखि ३ वर्षसम्म काम गर्न नपाउने
![Black Listed Black Listed](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Black-Listed-1024x585.jpg)
काठमाडौं । सरकारले २२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
जसमा ४ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ५ वटा निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।
![](https://adminapi.nepalipaisa.com/assets/uploads/news/image/news_rw5vbwmpsqv.jpg)