त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने
![Tribhuwan-University-TU-Kirtipur-Cover-1024x576 Tribhuwan-University-TU-Kirtipur-Cover-1024x576](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Tribhuwan-University-TU-Kirtipur-Cover-1024x576-4-1024x585.jpg)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज (माघ १५ गते) देखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था सुरु गर्दैछ ।
त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो ।
![](https://adminapi.nepalipaisa.com/assets/uploads/news/image/news_ecdkwfhupm5.jpg)