बालेन शाहले शिक्षा शाखा प्रमुखलाई सोधे स्पष्टीकरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । महानगरले पुरानो बानेश्वरस्थित रत्नराज्य स्कुलमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाएपछि स्पष्टीकरण सोधेको हो ।
यसको लागि कोइरालालाई ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिइएको छ । मेयरनै संयोजक रहने समितिले नगरेको निर्णयलाई निर्णय भएको भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् ।