नेको इन्स्याेरेन्सको संचालक समितिको सदस्यमा कृषि विकास बैंकका उपमहाप्रबन्धक सुवेदी निर्विरोध निर्वाचित

काठमाडौं । नेको इन्स्याेरेन्स लिमिटेडको संचालक समितिको सदस्यमा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा आज सम्पन्न २८ औं वार्षिक साधारणसभाले सुवेदीलाई कम्पनीको संचालक समितिमा निर्वाचित गरेकाे हाे।
कृषि विकास बैंकको तर्फबाट सुवेदीलाई संचालक समितिमा निर्वाचित गरिएको हो । साधारणसभाबाट निर्वाचित संचालकहरुलाई शुक्रबार नै नेपाल बीमा प्राधिकरणबाट सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।