माउन्टेन ग्लोरीको एलएस क्यापिटलसँग साधारण शेयर निष्काशन सम्बन्धित सम्झौता

काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले एलएस क्यापिटल लिमिटेडलाई (LS Capital Ltd) धिताेपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि १०० रूपैयाँ अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नका लागि एलएस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेकाे हाे ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएकाे हाे ।
माउन्टेन ग्लोरी लिमिटेडले बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरास्थित माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गर्दै आएको छ। लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी एलएस क्यापिटल नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित छ ।