नेपाल पेमेन्ट सोल्युशनले ग-याे लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त
काठमाडौं । नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल पेमेन्टले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि सनराइज क्यापिटल(एलएस क्यापिटल)सँग सम्झाैता गरेकाे हाे ।
उक्त सम्झौता—पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।