राष्ट्रिय सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएको छ। आयोगले बिहीबार विज्ञप्तिमार्फत् आफ्नो प्रतिक्रिया व्यक्त गरेको हो।
आयोगका अनुसार, कोशी प्रदेशमा ९९.४५ प्रतिशत, मधेश प्रदेशमा ९९.७३ प्रतिशत, बागमती प्रदेशमा ९८.५६ प्रतिशत, गण्डकी प्रदेशमा ९९.५७ प्रतिशत, लुम्बिनी प्रदेशमा ९९.३४ प्रतिशत, कर्णाली प्रदेशमा १०० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.६८ प्रतिशत मतदान भएको छ।
‘यसरी सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा २०३२ जनाले मतदान गरेकोले ९९.३२ प्रतिशत मतदान भएको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ।
सातै प्रदेशमा मतगणनाको कार्य निर्वाचन अधिकृतको कार्यालयमा प्रारम्भ गर्ने तयारी भइरहेको र आजै निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम समेत रहेको आयोगको भनाइ छ।