सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको आज एजीएम
पैसा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको आज बिहीबार माघ ११ गते साधारण सभा बस्दैछ । सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्नेछ ।
कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।