हार्लेको इन्जिन प्रयोग भएको हिरो माभ्रिक ४४० सार्वजनिक, कति पर्ला मूल्य ?
काठमाडौं । हिरो मोटोकर्पले हार्लेसँगको सहकार्यमा तयार पारेको ४४० सीसी इन्जिनमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले आज माभ्रिक ४४० सार्वजनिक गरेको हो ।
हिरोले यसअघि हार्ले एक्स ४४० सार्वजनिक गरेको थियो । कम्पनीले भारतमा हिरोको प्लाण्टमा तयार पारेको एक्स ४४० को बिक्री वितरण तथा सर्भिसको काम समेत हिरोले नै गर्नेछ ।
सोही प्लेटफर्ममा कम्पनीले हिरो ब्राण्ड नेममा माभ्रिक ४४० सार्वजनिक गरेको हो । कम्पनीले नयाँ मोटरसाइकल सार्वजनिक गरे पनि मूल्य भने केही समयपछि सार्वजनिक गर्ने बताएको छ । कम्पनीले अप्रिलदेखि माभ्रिकको डेलिभरी सुरू गर्ने समेत जानकारी दिएको छ ।
कम्पनीले रोडस्टार डिजाइनमा तयार पारेको यो माभ्रिक ४४० मा राउन्ड सेप एलईडी हेडल्याम्प उपलब्ध छ । यसमा एच सेप डीआरएल देख्न सकिन्छ । यसमा एलईडी इन्डिकेटर, मस्कुलर फ्यूल ट्यांक तथा सिंगल पिस सेटअप दिइएको छ । यसमा एड्भान्स फिचरहरू डिजिटल डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी जस्ता फिचर यसमा पाउन सकिन्छ ।
यसमा कम्पनीले हार्ले एक्स ४४० कै इन्जिन प्रयोग गरेको छ । यो इन्जिनले २७ बीएच पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरका साथै स्लिपर एसिस्ट क्लच, डबल च्यानल एबीएस, अलोय ह्वील, टर्न वाइ टर्न नेभिगेशन जस्ता फिचर उपलब्ध हुनेछ ।
यो मोटरसाइकलको मूल्य हाल सार्वजनिक गरिएको छैन भने केही हप्ता भित्र नै यसको मूल्य सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । हिरोले हार्ले एक्स ४४० को सुरूआती मूल्य २ लाख ४० हजार भारतीय रुपैयाँ राखेर सार्वजनिक गरेको थियो । हिरो माभ्रिकको मूल्य २ लाख भन्दा कम हुने अनुमान गरिएको छ । यो मोटरसाइकल सार्वजनिक भएसँगै यसले टयाम्फ ४०० तथा रोयल इनफिल्ड ३५० सँग प्रतिस्पर्धा गर्नेछ ।