प्रभु बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं । प्रभु बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ।
बैंकको माघ ८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो। बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ।