मल्टिपर्पस फाइनान्सको नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा मल्टीपर्पस फाइनान्सले १ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३८२.५८ प्रतिशतले धेरै हो । गत वर्ष यसले २३ लाख ३१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १३०.३४ प्रतिशत र सञ्चालन नाफा २८०.९७ प्रतिशतले बढेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ ।
हाल यसको चुक्ता पुँजी ६१ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ६ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा बढेर १.४९ प्रतिशत भएको छ । गत वर्ष खराब कर्जा ०.३९ प्रतिशत रहेको थियो ।
यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०३ पैसाबाट बढेर ३ रुपैयाँ ६९ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ०८ पैसा छ ।