नेपाल बैंकको लेखापरीक्षकमा तीन जना नियुक्त
![Nepal Bank Nepal Bank](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Nepal-Bank-1024x585.jpg)
काठमाडौं । नेपाल बैंक लिमिटेडले तीन जना लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको गत पुस २९ गते सम्पन्न ६३औँ वार्षिक साधारण सभाबाट तीन जनालाई लेखापरीक्षक नियुक्त गरेको हो ।
चाटर्ड एकाउन्टेन्ट (सी.ए.) प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालाई आर्थिक वर्ष २०८०÷८१ का लागि बैंकको लेखापरीक्षकको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ । बैंकले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नियामक नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।