तिनकुने स्थित पद्मश्री कलेजका ११० जना विद्यार्थी दीक्षित
काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको पद्मश्री कलेजले १ सय १० जना स्नातक विद्यार्थीलाई दीक्षित गरेको छ ।
पद्मश्री कलेजबाट स्नातक तह बिआइटी र बिएचएममा ११० जना विद्यार्थीहरु दिक्षित भएका छन् । सबै विद्यार्थीहरुले मलेसियाको निलाइ विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकार , शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृती लिई संचालन भएका चार बर्षे स्नातक कार्यक्रम अध्ययन सम्पन्न गरेका हुन् ।
विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव तथा अभियन्ता लिलामणि पौडेल र कलेजका अध्यक्ष अणराज सिलवालले संयुक्त रुपमा दिक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै प्रमुख अतिथि लिलामणि पौडेलले शिक्षित भए पश्चात सम्भव भए सम्म देश भित्रै अवसरहरुको खोजि गरि काम गर्नु पर्नेमा जोड दिए ।
सोहि अवसरमा डा पुकार मल्ल, डा लोचन रिजाल, एलिन बाइलोचन तुलाधर लगायतले देश भित्र तथा बाहिरका विभिन्न अवसर र सम्भावनाहरुका बारेमा जानकारी दिएका थिए । पद्मश्री कलेजले बिगत दुइ दशक देखि सूचना प्रविधि, कम्प्युटर, हस्पिटालिटी लगायतका विषयहरुमा शिक्षा प्रदान गर्दै आएको छ।