कामना सेवा विकास बैंकको नाफा ३२ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ३२.१९% ले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद शुल्क, कमिसन र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद शुल्क तथा कमिसन २५.६६% ले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३२.२४% ले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ६.२४% ले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा कामना सेवाको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ ।