एलओडी क्लब पुन: ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा
काठमाडौं । ठमेलस्थित एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ । बेलायतको मासिक पत्रिका डिजे म्यागले विश्वभरका सय उत्कृष्ट डिजे क्लबको छनौट गर्ने गर्दछ । सन् २०२४ को लागि विश्वभरका उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी पुन׃ परेको हो ।
सन् २०२२ का लागि ’एलओडी’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५२औं स्थानमा प्रवेश गरेको थियो भने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो । यस बर्ष पनि विश्वभरका १०० उत्कृष्ट क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ ।
एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । यसपटक क्लब अझै माथि उक्लिन सक्ने विश्वास लिएको कुँवर बताउँछन । क्लब, डिजे म्युजिक प्रेमीहरुको लागि हामीले पुर्वाधार, सुरक्षा व्यवस्था तथा डिजे कलाकारको राम्रो व्यवस्था गरिरहेको निर्देशक कुँवरले जानकारी दिए । एलओडीले नेपालमा पारिवारिक क्लबिंग अनुभवको नयाँ आयाम थप्दै गएको कुँवर बताउँछन् । क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग आवश्यक रहेको कुँवरले जानकारी दिए ।
टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ । माथि देखिएको फोटोलाई स्क्यान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ ।
एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । त्यसपश्चात् बेलायतको झन्डामा क्लिक गर्नुपर्छ । मत गर्नका लागि पुनः फेसबुक वा गुगलको अप्सन आउँछ ।
डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् ।
अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नुपर्नेछ ।