सुन र चाँदी दुबैको भाउ घट्यो
काठमाडौं । मंगलबार सुन र चाँदी दुबैको भाउ घटेको छ। मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।