सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने
![Sindhu Bikas Bank Sindhu Bikas Bank](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Sindhu-Bikas-Bank-1024x538-1024x585.jpg)
काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।
बैंकको पुस २९ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।