जसपाको केन्द्रीय समितिको बैठक आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकले राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय हुनुका साथै राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि निर्णय हुने छ ।
राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठ २८ ३० गते धनुषामा गर्ने प्रस्तावबारे समेत आजको बैठकमा निर्णय हुने छ ।