लुम्बिनी विकास बैंकको लाभांश प्रस्ताव पारित
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बिहिबार १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी आव. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु परित गरेको छ । यसका साथै शेयरधनीहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
आव २०७९/८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारे ।