नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा सिमरामा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका–२ स्थित सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
योसँगै मधेश प्रदेशमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २१ वटा शाखाहरु भएका छन ।
एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरेका हुन् ।
बैंकको नयाँ शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका स्थानीयलाई आर्थिक कारोबार बैंकमार्फत गर्न सहज हुने उनले बताए ।