कुमारी बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । कुमारी बैंकले पनि माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११% ब्याजदर दिने जनाएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो ।
पुस महिनामा बैंकले अधिकतम ९.३१% ब्याजदर दिएको छ । अब माघमा भने मुद्दति निक्षेपमा अधिकतम ८.११% र न्यूजतम ६.५०% मात्र ब्याज दिने भएको छ । अब यसले माघ महिनाका लागि भने ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.५०% निर्धारण गरेको छ । यसअघि माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र कर्जा अपेक्षा अनुसार प्रवाह हुन नसकेपछि बैंकहरुले अहिले ब्याजदर घटाउने निर्णयमा पुगेका हुन् । निक्षेपको ब्याजदर घट्दै जाँदा लागत कम पर्ने र यसले कर्जाको ब्याजदर घटाउन पनि मद्दत गर्नेछ । निक्षेपको ब्याजदर घटेपछि बेस रेट पनि घट्नेछ ।