क्रिकेटर सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष कैद सजाय
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद हुने भएकाे छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई ८ वर्ष कैदकाे सजाय सुनाएको छ ।
यसैगरी, लामिछानेबाट ५ लाख रुपैंया क्षतिपूर्ति र जरिवाना पीडितलाई भराउनुपर्ने आदेश पनि अदालतले गरेकाे छ।
बुधबार बलात्कार आरोपमा दोषी ठहर भएकाे मुद्दामा बहस गरिएकाे थियाे जसबाट लामिछानेकाे सजाय निर्धारण गरिएकाे हाे ।