सन् २०२४ मा विश्व आर्थिक वृद्धि दर सुस्त रहने : संयुक्त राष्ट्रसंघीय प्रतिवेदन
संयुक्त : राष्ट्रसंघ सन् २०२४ मा आर्थिक वृद्धिदर घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसंघको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशत रहेको थियो ।
विश्वव्यापी कमजोर व्यापारिक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ ।
संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्यून उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरुका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ ।
विकासोन्मुख देशहरु पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरु संकुचित र चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएका छन् ।
न्यून आय तथा कमजोर अर्थतन्त्रहरुले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन् । साना, टापु तथा विकासशील राज्यहरुको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने रिपोर्टले जनाएको छ ।
सिन्ह्वा