७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि जापानमा १ सय ५५ पराकम्प, भूकम्पबाट मृत्यु हुनेको संख्या ६४ पुग्यो

काठमाडौँ । जापानको इशिकावा प्रान्तमा सोमवार बिहान गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । इशिकावामा बुधवार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको हो ।
इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै घाइते भएको बताइएको छ । जापानको मौसम विज्ञान एजेन्सीले हप्तामा विशेष गरी आगामी दुईदेखि तीन दिनमा शक्तिशाली परकम्पहरू आउनसक्ने चेतावनी दिएको छ ।
सोमवारदेखि जापानमा कम्तिमा १ सय ५५ पराकम्प गएको छ ।