नेपाल नागरिक उड्डयन प्राधिकरणको नाफा ३ अर्ब ४९ करोड
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक २०७९-८० मा ३ अर्ब रुपैयाँ भन्दा धेरै खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । यस प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख नाफा आर्जन गरेको उल्लेख छ ।
प्राधिकरणको पुँजिगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ, कार्य सञ्चालन खर्च तर्फ ४ अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख रुपैयाँ गरी जम्मा १५ अर्ब ८२ करोड ४३ लाख खर्च भएको जनाएको छ ।
त्यसैगरी, आय एरोनटिकल तर्फ ११ अर्ब ७२ करोड १७ लाख रुपैयाँ तथा नन्एरोनटिकल तर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख रुपैयाँ आम्दानी भएको छ ।