जसपाले तय गर्ये बैठकका कार्यसूचि
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी पुस २५ र २६ गतेको राजनीतिक समितिको बैठक र पुस २७ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचि तय गरेको छ । बैठकमा प्रस्तुत हुने चारवटा विषयसूचि निर्धारण गरिएको छ । जसअनुसार सदस्यहरुले आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्ने पहिलो कार्यसूचि रहेको छ ।
त्यसैगरी राजनीतिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत हुने छ । सांगठनिक प्रस्तावमा पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन प्रस्ताव रहेको छ । साथै पार्टीको महाधिवेशन र विविध विषयमा छलफल हुने भएको छ ।
बालकुमारीको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अनिवार्य उपस्थित हुन सदस्यहरुलाई अनुरोध गरिएको छ ।