बीवाइडी डल्फिन बन्यो ब्राजिलमा वर्ष २०२३ को सबैभन्दा धेरै पुरस्कृत विद्युतीय कार
काठमाडौं । वर्ष २०२३ को बीवाइडी डल्फिन ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत विद्युतीय गाडी बनेको छ । ब्राजिलमा लन्च भएको ६ महिना मानै विवाइडी डल्फिनले १० महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको जनाइएको छ ।
विवाइडीका अध्यक्ष टेलरलिले बीवाइडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेम–चेन्जर भएको बताए । इतिहासमा पहिलो पटक एउटा निर्माताले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको समेत उनको भनाई छ । यो जुन आफैमा पूर्ण , र आरामदायक बताउँदै उनले भने “यसको आकर्षक डिजाइन तथा प्रतिस्पर्धी मूल्यले पुरा उद्योगलाई आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । विद्युतीय कारलाई धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनु नै हाम्रो लक्ष्य हो ।“
बीवाइडीले २०२३ मा ब्राजिलमा मात्रै ५हजार भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ। यो ऐतिहासिक रेकर्डले ब्राजिलवासीहरूमा विद्युतीय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ।
बीवाइडी डल्फिन वर्षको सबैभन्दा प्रतीक्षित गाडी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको कम्पनीले दाबी गरेको छ। यसको अर्थ पुरातन बजारले प्रस्ताव गरे भन्दा अझै अनुकूल मूल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भव छ भन्ने कुरा विवाइडी डल्फिन ले पुष्टि गरेको छ।
नोभेम्बर देखि डिसेम्बर सम्म मात्रै बीवाइडी डल्फिनले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ। जसमा अटो इम्पोर्ट म्यागेजिन २०२४ कार अफ द यअर, UOL कारोस अवार्ड, हाई लाइट अफ द यअर , इलेक्ट्रिक ह्याच, Mobilidade Estadão 2024 Award, वेस्ट इलेक्ट्रिक कार, जर्नल दो कोरा च्वाइस, ट्रेन्ड कार २०२३ (टेरा–गाइड द कोरा), इलेक्ट्रिक कार, पर्चेज अफ द यअर २०२४ (मोटर सो) इलेक्ट्रिक अप टु रु २०० के (ब्राजिलियन रियाल), L’auto Preferita (Carsughi Portal), वेस्ट इलेक्ट्रिक अप टु रु २००के (ब्राजिलियन रियाल), कार अवार्ड ब्राजिल (कार म्यागेजिन) , वेस्ट इलेक्ट्रिक कार, टोप कार टिभी, वेस्ट इलेक्ट्रिक अप टु रु २००के (ब्राजिलियन रियाल) रहेका छन् ।
बीवाइडी डल्फिन सेप्टेम्बर देखि नै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। र यसको संख्या अझै बढ्ने क्रममा छ। यसले ब्राजिलका जनताको विद्युतीकरण प्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको जनाइएको छ ।