मुक्तिनाथ विकास बैंकले नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित
काठमाडौँ । नेपाल क्लियरिङ हाउसले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ ।
विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोवार गरेको भन्दै बैंक सम्मानित गरेको छ । काठमाडौंमा भएको कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो पुरस्कार ग्रहण गरे ।