८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज पुस १२ गते बिहीबार ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । हिमालयन डिस्टिलर, आइसीएफसी फाइनान्स र सिक्लेस हाइड्रोपावरले साधारण सभा तथा लाभांश प्रयोजनार्थ बिहीबार पुस १३ गते बुक क्लोज गर्दैछन् । यता, राधी विद्युत् कम्पनीले पुस १५ गते बुक क्लोज गर्दैछ । पुस १३ र १४ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन । त्यसैले यस कम्पनीको लाभांश हात पर्न पनि आजै सेयरधनी बन्नुपर्छ ।
साथै, घोराही सिमेन्ट, आत्मनिर्भर लघुवित्त, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तले सभा प्रयोजनार्थ कम्पनीले पुस १६ ते बुक क्लोज गर्दैछन् । शुक्रबार र शनिबार परेकाले १३ र १४ गते सेयर कारेबार हुदैन । १५ गते आइतबार लोसारको अवसरका सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
हिमालयन डिस्टिलरीले गत वर्षको नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५% नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले लाभांश वितरण प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०.३० बजे सुरु हुनेछ ।
आइसीएफसी फाइनान्स लिमिटेडले गत वर्षको नाफाबाट कर सहित ६.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, थिरबम सडक, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सिक्लेस हाइड्रोपावरले गत वर्षको नाफाबाट करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २७ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।
यता, राधी विद्युत् कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र करप्रयोजनको लागि ०.२५%नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले प्रस्तावसहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साभामा भर्चुअल माध्यमबाट सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
साथै, घोराही सिमेन्टले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरु हुनेछ ।
आत्मनिर्भर लघुवित्त वित्तीयले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, घोराही उपमहानगरपालिका–१५, होटेल माला ईन, दाङमा बिहान ११ बजे सुरु हुनेछ ।
सपोर्ट लघुवित्तले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद वितरण गर्दैछ । उत्तः लाभांश पारित गर्न पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
साना किसान विकास लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।