बुटवल पावर कम्पनीले तोक्यो बुक क्लोज मिति

काठमाडौं । बुटवल पावर कम्पनीले लाभांश र एफपीओ जारी गर्ने मुख्य प्रस्तावसहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले करसहित ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, प्रिमियम भाउमा १ करोड कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।
एफपीओ निष्कासनका लागि हालको जारी पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँलाई वृद्धि गरी ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।