राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन १८ वटा कागजात पेश गर्नु पर्ने

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन चाहनेले १८ वटा कागजात पेश गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।
आज बुधबार बसेको बैठकले मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम कागजात पेश गर्नुपर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
आयोगले पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तोकेको छ । मनोनयन दर्ता गर्दा पाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नु पर्ने छ ।
यस्तै उम्मेदवारले धरौटी स्वरूप १० हजार रुपैयाँ पनि बुझाउनु पर्ने छ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

