नेरुडे लघुवित्तले यसपटक लाभांश नदिने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार (पुस १० गते) बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।