अल्टिमा लाइफस्टाइल बन्यो अहिले सम्मको सबैभन्दा छिटो कारोबार वृद्धि गर्नेे नेपाली एसेसरिज ब्रान्ड, २०२३ मा ७००% ले वृद्धि
काठमाडौं । अल्टिमा लाइफस्टाइल, तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३ मा ७००% ले वृद्धि गरी सबै रेकर्ड तोडेको छ । यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरे लगतै, अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको छ । यी सबैलाई पछ्याउँदैै अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको हो ।
प्रमुख छनोट मापदण्डहरुमा जोड दिँदै, यो प्रतिष्ठित अवार्डले दराज मार्केटप्लेसमा उत्कृष्ट प्रदर्शन र योगदानहरूलाई मान्यता दिन्छ । आफ्नो उल्लेखनीय विक्री अांकडा, ग्राहक सन्तुष्टि, र उत्पादन गुणस्तरको कारण धेरै प्रतिस्पर्धीहरू बीच अल्टिमा लाइफस्टाइल माथि उठेको छ । यो अवार्डले बजारमा एक विश्वसनीय ब्रान्डको रूपमा अल्टिमाको उपस्थितिलाई बलियो बनाउँछ र ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्दछ ।
दराजको सेलर अफ द इयर अवार्डको छनौट मापदण्ड
ग्राहक अनुभव׃ अल्टिमा लाइफस्टाइलले ग्राहकको सन्तुष्टिलाई निरन्तर प्राथमिकता दिँदै, एक उत्कृष्ट किनमेल अनुभव प्रदान गरेको छ ।
नयाँ पहलहरु׃ कम्पनीले नयाँ उत्पादनहरू, अभियानहरू, र पहलहरू सुरु गरेर नवीनता र प्रतिक्रियात्मकता प्रदर्शन गरेको छ ।
अर्डरहरु׃ अल्टिमा लाइफस्टाइलले सन् २०२३ मा दाराजमा अत्यधिक २६,०००+ अर्डरहरू प्राप्त गरेको छ, जसमा नोभेम्बरमा मात्र उल्लेखनीय १३,०००+ अर्डरहरूसहित, त्यस महिनामा अन्य विक्रेताहरु माझ उच्चतम अर्डरहरूको लागि रेकर्ड कायम गरेको छ ।
कुल व्यापारिक मूल्य (GMV) ׃ कम्पनीको कुल व्यापारिक मूल्य (GMV) गत वर्षको तुलनामा २०२३ मा ७००% ले असाधारण वृद्धि गरि व्यापारको बलियो प्रदर्शन गरेको छ ।
वार्षिक वृद्धिदर (Year-on-Year Growth) ׃ अल्टिमा लाइफस्टाइलले निरन्तर सुधार र विस्तारको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै, वार्षिक कारेबारमा वृद्धि गरेको छ ।
२०२३ मा अल्टिमाका मुख्य उपलब्धिहरू
अल्टिमाले सन् २०२२ फेब्रुअरी देखि दराज यात्रा सुरु गरेको थियो र यही वर्ष नै आफ्नो अफिसियल वेवसाइट पनि शुरु गरेको थियो । यो छोटो अवधिमा अल्टिमाले सबै विधामा जम्मा १९,०००+ बिक्रेताहरू मध्ये उत्कृष्ट रही यो उपाधि जितेको छ साथैे नोभेम्बरमा दराजमा सबैभन्दा धेरै बिक्री गरेको रेकर्ड पनि राख्न सफल भएको छ । सन् २०२४ मा यो नेपाली ब्रान्डले दराजमा मात्रै ५००% भन्दा बढी बिक्री वृद्धि गर्ने अनुमान गरिएको छ ।
अबका दिनहरुमा अझै केही नयाँ क्याटेगरीहरू आरम्भ पनि हुनेछन् । हाल टिडब्लुएस, स्मार्टवाच, पावरब्याङ्क र स्पिकर बजारमा उपलब्ध गर्दै आएकोमा, गेमिङ क्षेत्रमा प्रवेश गर्ने भावी योजना रहेकोसाथै अधिक बहु उपयोगी साउंड आउटपुट सोलुसनहरु, र अझ महत्वपूर्ण रूपमा, एक्सेसरीहरुका प्रिमियम सेगमेन्ट ल्याउने योजना रहेको छ । कम्पनी ब्रान्ड म्यानेजर श्री अमन गुप्ताका अनुसार हालको योजनामा २५ भन्दा बढी उत्पादनहरू समावेश छन्, जसमा नयाँ वर्ष २०२४ को शुरुवात नै पहिलो लन्चबाट हुनेछ । उनले अल्टिमा लाइफस्टाइलले २०+ आधिकारिक स्टोरहरू खोल्ने सुनिश्चित गर्दै बहुप्रतिक्षित अल्टिमा एक्सचेन्ज मेला २.० सहित र केही रोमाञ्चक अनलाइन र अफलाइन मेला प्रस्तुत गर्ने आश्वासन पनि दिएका छन् ।