जसपाको बैठकमा सांगठनिक प्रस्तावमाथि छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मंगलबार बसेको बैठकमा सांगठनिक प्रस्तावउपर छलफल भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँटको प्रस्तावमाथि छलफल भएको थियो ।
जसपाले यस अघि केन्द्रीय कार्यकारिणी समिति सदस्य र केही राजनीतिक समिति सदस्यलाई मात्र जिम्मेवारी तोकेको छ । खासगरी पार्टीका एक सय उन्नाइस राजनीतिक समिति सदस्यलाई विभाग, संयन्त्रमा जिम्मेवारी दिने गरी तयार पारिएको प्रस्तावमा बैठकमा छलफल भयो ।