विकास बैंकहरुले पनि घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुसँगै विकास बैंकहरुले पनि पुस महिनाको लागि ब्याजदर घटाएका छन् । राष्ट्रियस्तरका विकास बैंकहरुले पुस महिनाको लागि अधिकतम ब्याजदर ९.२५% निर्धारण गरेका छन् । मंसिर महिनामा अधिकांश विकास बैंकहरुले अधिकतम ब्याजदर ९.४०% निर्धारण गरेका थिए । यता, अघिल्लो महिना १०.६०% ब्याजदर निर्धारण भएको बैंकले पनि यो महिनादेखि मुद्दति निक्षेपमा ९.२५% नै ब्याजदर कायम गरेका छन् ।
त्यस्तै, कामना सेवा विकास बैंकले मंसिर महिनामा १ वर्षभन्दा बढी अवधिको लागि भनेर सबैभन्दा धेरै ९.४०% ब्याजदर निर्धारण गरेको थियो । तथापि, पुसको लागि जारी गरेको सूचनामा ५ वर्षभन्दा माथिको लागि भनेर ९.६०% ब्याजदर निर्धारण गरेको छ ।