बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये १८ वटा बैंकले पुसका लागि ब्याजदर घटाएका हुन् । प्रभु र सानिमाले भने मंसिर महिनाकै ब्याजदर यथावत राखेका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर पुस महिनाका लागि ८.९९ प्रतिशत भएको छ । मंसिरमा ९.६१ प्रतिशत रहेको छ ।
औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.६२ विन्दुले घटको छ । तथ्यांक अनुसार प्राइम कमर्सियल बैंकले सबै भन्दा धेरै १० प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, एभरेष्टले भने सबै भन्दा कम ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
कुन बैंकको कतिः