स्टान्डर्ड चार्टर्डले घटायो ब्याजदर
काठमाडौं । पछिल्लो समय बैंकहरुले धमाधम ब्याजदर घटाएका छन् । यसैबीच स्टान्डर्ड चार्टर्ड बैंकले पनि पुस १ गतेदेखि लागू हुने गरेर ब्याजदर घटाएको छ ।
बैंकले शुक्रबार सूचना जारी गर्दै पुस महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.५६% ब्याजदर दिने जनाएको छ । बैंकले ९१ वर्ष माथिको मुद्दति निक्षेपको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । एक वर्षभन्दा माथिको मुद्दति निक्षेपको ब्याजदर ५% निर्धारण गरेको छ ।
यसअघि मंसिर १ गतेबाट बैंकले अधिकतम ८.९७% ब्याजदर दिंदै आएको छ । त्यस्तै न्यूनतम ब्याजदर ५.२५% दिंदै आएको छ । यसअघि एनआइसी एसिया, कुमारी बैंक, एनएमबि लगायतका बैंकले पनि ब्याजदर घटाएर सूचना जारी गरिसकेका छन् ।