प्याब्सनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा
![nimb_nepal-investment-mega-bank-logo nimb_nepal-investment-mega-bank-logo](https://www.arthikpati.com/wp-content/uploads/2023/12/nimb_nepal-investment-mega-bank-logo-900x794.jpg)
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले निजी तथा आवसीय विद्यालयहरुको संस्था (प्याब्सन)मा डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ ।
काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको साथै शो कार्यक्रमका लागि दर्ता तथा अन्य भुक्तनी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
यो व्यवस्थासँगै भुक्तानी गर्दा नगद कारोबारमा कमी भई विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरुलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ ।
डिजिटल प्रणालीबाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।