चौथौ नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी हुने

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा।लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरु झैं यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ । यहि २०८०, पौष ५,६ र ७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ ।
नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।
उक्त प्रदर्शनी मार्फत ति पाँच विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीचच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।