लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९–९० को नाफाबाट आफ्ना कम्पनीका शेयरधनिहरुमा वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र लक्ष्मी सनराइजको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।